कम्प्युटरमा पास्वोर्ड कसरि राख्ने ? How to Put a Password on your Computer

कम्प्युटरमा पास्वोर्ड कसरि राख्ने ?
 How to Put a Password on your Computer




 तपाइको कम्प्युटर लाइ अन्य व्यक्ति बाट सुरक्षित राख्न को लागि पास्स्वोर्ड (Password)को प्रयोग गरिन्छ । तपाइको कम्प्युटर अन (ON) गरेपछि पास्वोर्ड को प्रयोग बिना  कम्प्युटरमा कुनै पनि काम  गर्न सकिदैन । अब आउनुहोस् कम्प्युटरमा पास्वोर्ड कसरि राख्ने सिकौ ।

 सबै भन्दा पहिले तपाइको कम्प्युटरको स्टार्ट मेनु (Start Menu) मा क्लिक गर्नुहोस र कन्ट्रोल प्यानल (Control Panel) मा क्लिक गर्नुहोस । 


अब यस्तो विन्दोव्ज आउछ, उजर एकाउन्ट (User Account and Family Safety) मा क्लिक गर्नुहोस ।




अब यस्तो विन्दोव्ज आउछ, क्रियेट अ पास्वोर्ड फोर योर एकाउन्ट (Create a Password for Your Account) मा क्लिक गर्नुहोस ।

  
अब यस्तो विन्दोव्ज आउछ,  निउ पास्वोर्ड बक्स (New password) मा आफ्नो पास्वोर्ड राख्नुहोस । अब फेरी कन्फर्म निउ पास्वोर्ड (Confirm New Password) बक्समा आफ्नो त्यहि पास्वोर्ड राख्नुहोस जुन तपाइले निउ पास्वोर्ड  (New password) बक्समा राख्नु भएको थियो ।
टाईप अ पास्वोर्ड हिन्ट (Type a password hint) मा तपाइले आफ्नो पास्वोर्डको लागि कुनै संकेत (Hint) राख्न सक्नुहुन्छ जुन त्यतिबेला काम लाग्छ जब तपाइले आफ्नो पास्वोर्ड बिर्सनु हुन्छ ।







अब क्रियेट पास्वोर्डमा क्लिक गर्नुहोस ।अब तपाइको  कम्प्युटर पास्वोर्ड बाट सुरक्षित भयो ।

!!धन्यवाद !!