Introduction to computer/ कम्प्युटरको परिचय

Introduction to  computer/  कम्प्युटरको परिचय

कम्प्युटर लाइ नेपालीमा सुसान्ख्य यन्त्र भनिन्छ । कम्प्युटर एक किसिमको इलेक्ट्रोनिक उपकरण हो जसले प्रयोग कर्ताले दिएको डाटा तथा Instruction हरुलाई  बिभिन्न प्रकारका ईनपुट उपकरणहरु (जस्तै: किबोर्ड, माउस) बाट  लिई, त्येसलाई प्रसोधन (Process) तथा सँचय (Store) गरेर प्रयोग कर्तालाई आवश्यकता अनुसारको ईन्फरमेसन (Information) बिभिन्न प्रकारका आउटपुट उपकरणहरु (जस्तै: मनिटर, स्पिकर) बाट  दिन्छ।

कम्प्युटरका विशेषताहरु

१. गति (Speed):  आधुनिक कम्प्युटर मेसिनको गति अत्यन्त तेज छ। यसै गतिको आधारमा एसको मुल्य तोकिएको हुन्छ। साधारण मानिसले भन्दा कम्प्युटरले कुनै पनि काम तेज गतिमा गर्न सक्छ।

२. स्मरण शक्ति (Storage): कम्प्युटर मेसिनको विशाल स्मरण शक्तिको कारणले गर्दा हरेक सुचना (Information) वा Instruction हरु जस्ताको तस्तै मेसिन भित्र Record गरेर राख्न सकिन्छ।

३. सहि कार्यक्षमता (Accuracy): कम्प्युटर मेसिनले प्राय जसो भुल वा त्रुटि गर्दैन।

४. विविध कार्यक्षमता (Versatility): कम्प्युटरले हरेक प्रकारका कार्यहरु दक्षता पुर्वक विणा त्रुटि गर्न सक्छ।

कम्प्युटरका घटकहरु (Components)

बिभिन्न किताबहरुमा कम्प्युटरका घटकहरुलाई कम्प्युटरका भाग (Parts) हरु भनेर ब्याख्या गर्ने गरेको पाईन्छ तर कम्प्युटरका घटक र कम्प्युटरका भागमा फरक छ।  ति फरकहरुलाई विस्तारै आउने भागहरुमा छलफल गर्दै जानेछु।  मुख्यतया कम्प्युटरका घटकहरु ४ प्रकारका हुने गर्छन:

१. हार्डवेर (Hardware): हार्डवेर भनेको कम्प्युटरको तेस्ता भागहरु हुन जसलाई छुन, हेर्न सकिन्छ वा जुन मुर्त (Tangible) हुन्छन्।

२. सफ्टवेर (Software): सफ्टवेर भनेको कम्प्युटरको तेस्ता भागहरु हुन जसलाई छुन सकिदैन वा मुर्त हुदैनन्। यो कम्प्युटर सञ्चालनलाई नियन्त्रन गर्ने निर्देशन (Instructions) हो।

३. डाटा (Data): एसमा व्यक्तिगत तथ्य वा जानकारीका टुक्राहरु (Pieces of Information) समावेश गरिएका हुन्छन्।

४. प्रयोग कर्ता (User): कम्प्युटर संचालकलाई प्रयोगकर्ता भनिन्छ।