Random Access Memory ( RAM - र्याम )
तपाई को कम्प्युटरमा एकै पटक धेरै कुराहरू प्रसोधन हुन्छन । तपाईंले हेर्दा सबै प्रसोधन एकै पल्ट भए जस्तो देखिन्छ तर कम्प्युटरले कुनै पनि कुरा एक पटकमा एउटा मात्र गर्न सक्छ । कम्प्युटरले जे कुरा पनि धाराबाहिक तरिकाले गर्छ । अर्थात पहिले दियेको काम पहिले । सबै अदेशको कर्यन्वयन लाइनमा मात्र हुन्छ । कम्प्युटरले लेखिएको कार्यक्रम लाइन बाई लाइन पढ्छ आनि काम गर्छ । तेसैले हेर्दा एकै पटक भए जस्तो देखिये पनि तपाई ले एकै समय मा सबै चिज हरु प्रयोग गर्न सक्नुहुदैन । तपाई ले कम्प्युटर चलाउदा प्रयोग गर्नुहुने समय मा कम्प्युटर को धेरै नै सानो भागमात्रै प्रयोग गर्नु हुन्छ तपाई को कम सबै random access memory (र्याम) मा बस्छ आनि लाइन बाई लाइन काम हुन्छ । कम्प्युटर ले यति छिटो काम गर्छ की हामीलाई सबै एकै पटक भए जस्तो लाग्छ । यदी र्याम यति नै छिटो छ र यसमा सामाग्री भण्डार पनि गर्न सकिन्छ भने किन सबै कुरा लाई यसै मा save नगरेर अरु कुनै कुरा को प्रयोग गरिन्छ त भन्ने कुरा तपाई को मनमा आउन सक्छ । र्याम एउटा क्षणिक भन्डार हो । अर्थात् जब सम्म कम्प्युटर खुल्ला हुन्छ तब सम्म मात्रै यसमा सबै कुरा सुरक्षित रहन्छन तर जब जानाजान वा अन्जानमै कम्प्युटर बन्द हुन्छ तब यसमा कुनै पनि कुराहरु बाकी रहदैनन । यो switch बन्द गरे पछि बत्ति निभेको जस्तै हो ।