डेस्कटप (Desktop) तथा डेस्कटपका विभिन्न क्षेत्रहरु / Parts of Computer Desktop and its function

डेस्कटप (Desktop) तथा डेस्कटपका विभिन्न क्षेत्रहरु


डेस्कटप, प्रयोगकर्ताको  कार्यक्रम संचालन गर्ने कार्य क्षेत्र हो। डेस्कटप Microsoft Windows द्वारा प्रदान गरिएको स्क्रिन कार्य क्षेत्र हो। डेस्कटपमा  मुख्यतया कार्य क्षेत्र (Work Area) र कार्यपट्टी (Task-bar) गरि २ वटा क्षेत्रहरु हुन्छन्।





कार्य क्षेत्र (Work-Area): प्रयोगकर्ताले जति पनि कार्यहरु कम्प्युटरमा गर्नुहुन्छ, त्यी कार्यहरु यसै क्षेत्रमा हेरेर गर्नुपर्छ। यस क्षेत्रमा संचित कार्यक्रमहरु (Programs), कागजातहरू र तिनिहरुका सर्टकटहरू (shortcuts) पनि रहेका हुन्छन्।
कार्यपट्टी (Taskbar): यो डेस्कटपको सबैभन्दा तल रहेको हुन्छ। यो डेस्कटपको बांया कुना देखि  दाहिने कुना सम्म फैलिएको हुन्छ। कार्यपट्टीका पनि विभिन्न भागहरु छन्। Start button, Taskbar area, Notification Area  Date and Time आदि। यसका भागहरुलाई तल फोटोमा देखाईएको छ।

Windows 10