What is Motherboard ?/ मदरबोर्ड भनेको के हो ?
यो एउटा प्रिन्ट गरिएको इलेक्ट्रोनिक्स सर्किट बोर्ड हो । यसलाई मुख्य बोर्ड वा सिस्टम बोर्ड पनि भनिन्छ । कम्प्युटरको सम्पूर्ण भाग ( पावर सप्लाई, सी पी यु, रयाम, पीसीआइ, हार्डड्राइव आदि ) हरुलाई एक आपसमा जडान गर्दछ । यो एउटा प्लास्तिको पातामा एल्युमिनियम र तामा को पत्र (Layer) द्वारा सबै चिप्स हरुलाइ जोड्नका लागि लाखौं सानो चिप्स पोर्टहरु बनाईएको हुन्छ ।
Motherboard’s Parts मदरबोर्ड पार्ट्स
मदरबोर्ड हजारौं पार्ट्सहरु मिलेर बनेको हुन्छ ।जसमा प्रोसेसर, रम पावर सप्लाई समेत समावेश हुन्छ । बुझ्नुहोस् कि मदरबोर्डमा पावर सप्लाई, सी पी यु, रयाम, पीसीआइ, हार्डड्राइव, फ्यान र डीभिडी ड्राइव बाहेक सबै साना साना चिपहरु मदरबोर्डमा पहिले नै लगाइएको हुन्छ । मदरबोर्डका केहि मुख्य भागहरू निम्न लिखित छन् :-
पावर सप्लाई:
कुनै पनि कम्प्यूटरको चलाउन लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पावर हो, किनभने यो बिना कुनै पनि इलेक्ट्रोनिक्स समानहरु चल्न सक्दैन । प्राय मदरबोर्डको दाहिने साइडमा 20-24 पिनको पावर कनेक्टर राखिएको हुन्छ । यसले सम्पूर्ण कम्प्यूटरमा पावर आपूर्ति गर्दछ , यसले कुन चिप वा पोर्ट लाइ कति शक्ति दिने हो, त्यो पावर कनेक्टरमा पहिलेनै निर्धारण गरिएको हुन्छ।BIOS चिपले अपरेटिङ सिस्टमको बूट प्रक्रियाको शुरुआत गर्ने गर्दछ। यो प्रक्रिया सुरू गर्न अतिरिक्त र निरन्तर शक्ति चाहिन्छ।यो शक्ति दिने काम CMOS ब्याट्री ले गर्दछ । यसकारण यो CMOS ब्याट्री लाइ BIOS ब्याट्री पनि भनिन्छ। यस ब्याट्रीको थप अरु प्रयोग पनि गरिन्छ जस्तै प्रणालीको समय र मिति मिलाइरख्ने र बुट मास्टर पासवर्ड रिसेट गर्न पनि प्रयोग गरिन्छ।
प्रोसेसर सकेट:
यसमा, कम्प्यूटरको प्रोसेसर स्थापित गर्नको लागि राखिएको हुन्छ , यो प्रोसेसर कम्प्युटरको मस्तिष्क हो, त्यसैले यो केन्द्रमा राखिएको हुन्छ।
मेमोरी स्लोट :
प्रत्येक कम्प्युटरको मदरबोर्डमा फरक फरक मेमोरी स्लोटहरू हुन्छन । पुरानो कम्प्युटरमा ddr स्लोट प्रयोग हुनेगर्दथियो, तर अहिलेको मदरबोर्डमा DDR3 स्लोट र DDR4 स्लोट आउछ, जुन मदरबोर्डको दाहिने छेउमा रहेको हुन्छ । यदि तपाईं नयाँ मदरबोर्ड लिन जाँदै हुनुहुन्छ,भने जाँच गर्नुहोस् कि कुन मेमोरी स्लट राखिएको छ।
नर्थब्रिज र साउथ्रिब्रिज:
मदरबोर्डलाई दुई भागमा बाडिएको हुन्छ, नर्थब्रिज र साउथ्रिब्रिज: नर्थब्रिजले मेमोरी, पीसीआई स्लोट को संचालनको लागि काम गर्दछ भने साउथ्रिब्रिजले प्रोसेसर र नेटवर्क संचालनको लागि काम गर्दछ।
पोर्टहरू:
PS2 (माउस र किबोर्ड), USB पोर्टहरू, पोर्ट ल्यान (इथरनेट), 9 पीन सीरियल पोर्ट, वीजीए पोर्ट, मिडी पोर्ट, अडियो पोर्ट र नेटवर्कका लागि आरजे -45.
मदरबोर्डको प्रकार:
मदरबोर्ड समय र डिजाइन संग परिवर्तन हुदैआएको छ । अहिले धेरै उच्च स्तरिय मदरबोर्ड आउछ। जसमा सजिलै पोर्टेबल उपकरणहरु लगाउन सकिन्छ ।
तर पहिलेको मदरबोर्डमा केहि पनि परिवर्तन गर्न सकिदैन थियो
AT & ATX मदरबोर्ड:
AT मदरबोर्ड 90 भन्दा पहिले आउने गर्थ्यो ।
तर 90 पछि AT मदरबोर्ड प्रयोगमा रोकिए र पछि ATX एटीएक्स मदरबोर्ड आउनथाल्यो ।