कम्प्युटर
कम्प्युटर : गणना
मेसिन,
कम्प्युटरको
नेपाली नाम सुसान्ख्य यंत्र हो ।
कम्प्युटर एउटा
प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो । जस्को अर्थ गणना गर्नु हो ।
यन्त्रको बनावट लगातार क्रम्बद्द र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको
कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरि नतिजा
प्रस्तुत गर्ने मानव निर्मित बिधुतिय यन्त्रलाई कम्प्युटर भनिन्छ । अाज भन्दा करिब
६०/७० बर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो । सुरु
सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने
बुझिन्थ्याे । तर अाज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन
बन्न् पुगेको छ । विकासकाे लागि हरेक क्षेत्रमा कम्प्युटरकाे प्रयाेग हुन थालेको छ
। कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै
समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।
विशेष गरि
कम्प्युटर दुई वटा भागहरु मिलेर बनेको
हुन्छ । ती हुन् कम्प्युटर हार्डवेयर र कम्प्युटर सफ्टवेयर । यी दुई बिच निकै
घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सफ्टवेयरले केही काम गर्न सक्दैन र
सफ्टवेयर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै
हार्डवेयर र सफ्टवेयरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न
सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न
सकिन्छ ।
सामान्यत:
कम्प्युटरमा हुने एक प्रकारको मेमरीमा तथ्याङ्क भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य
गर्दछ भने अर्को क्रमाङ्क तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणी जानकारीको
भन्डारणको आधारमा परिवर्तन गर्दछ । यसमा हुने पेरिफेरल साधनहरूले जानकारीलाई बाह्य
स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुगाउने गर्दछ ।
कम्प्युटरको
प्रोसेसिङ विभागले जानकारीहरूको पङ्क्ति सम्पादन गरेर तथ्याङ्क पठ्ने, निर्वाहित गर्ने तथा भन्डारण गर्ने गर्दछ ।
निर्णायक जानकारीले क्रमाङ्किक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको
कार्यका आधारमा परिवर्तन गर्छ।
पहिलो विध्युतिय
कम्प्युटरहरू २०औं शताब्दिको मध्य(सन् १९४०-१९४५)मा विकसित भएका हुन्। मौलिक रूपमा,
तिनिहरू ठुला कोठाको
जत्रो नाप भएका र विध्युतिय खपत हजारौं अहिलेका आधुनिक कम्प्युटरहरूले जति गर्ने
खालका थिए।
आधुनिक
कम्प्युटरहरू ईन्टिग्रेटेड सर्किट्स प्रविधिका आधारमा बन्ने भएकाले यिनिहरू
पहिलेका यन्त्रभन्दा लाखौं- करोडौ गुना
बडि क्षमतावान् र नाप मात्र केही अंशका हुन्छन्। सामान्य कम्प्युटरहरू प्रशस्तै
सानो हुने हुँदा यिनिहरू मोबाईल साधनमा सजिलै अटाउँछन्, मोबाईल कम्प्युटरलाई विध्युतिय पावर साना
बेटरी (battery) बाट सजिलै उपलब्ध गराउन सकिन्छ। अन्तत:
इम्बेडेड कम्प्युटरहरू धेरै खाले उपकरणहरू mp3 प्लेयर्स देखि आधुनिक युध्द विमान र खेलौना
देखि उध्योग यन्त्रमानव सम्म प्रचुर मात्रामा प्रयोग गरिन्छ।
इतिहास
कम्प्युटरभन्ने
शब्दको पहिलो उच्चारण सन् १६१३मा भएको तथ्याङ्क छ, जुन शब्दले हिसाब र गणना गर्ने ब्यक्तिलाई २०औँ
शताब्दिको मध्य सम्म पनि जनाईन्थ्यो। १९औँ शताब्दिको अन्त्यदेखि चाहिँ, सो शब्द आफ्नो वास्तविक अर्थमा प्रयोग गर्न
थालियो, जसले गणना गर्ने
यन्त्र भनेर जनाउथ्यो।
सन् १६१४ मा जाेन
नेपियर्सले नेपियर बाेनकाे अविष्कार गरे । त्यसैगरी १६२० विलियम अाउटर्डले स्लाईड
रूलकाे अविष्कार गरे । जुन जाेड घटाउ गर्न सक्थ्याे । १६४२ मा ब्लेज पास्कलले
पास्कलाईन काे अविष्कार गरे । सन १८२२ मा चालर्स बेवेजले डिफरेन्स इन्जीनकाे
निमार्ण गरे । त्यस्तै १८३३ मा एनालाईटिकल इन्जीन पनि बनाए । उनकाे याे इन्जीनमा
स्टाेर काेे सिद्दान्त प्रयाेग भएकाले चालर्स बेबेलाई कम्प्युटरकाे पिता पनि
भनिन्छ । पहीलाे इलेक्ट्र्राेनिक कम्प्युटर जेड वान (Z1)हाे । जसकाे निमार्ण काेनर्ड जुसले गरेका हुन ।
कम्प्युटरका अविष्कारक
चालर्स बेबेजलाईर कम्प्युटरका पिता भनिन्छ ।
नयाँ इलेक्ट्राेनिक डिजिटल कम्प्युटरका अविष्कारक अलान मेथिजन
ट्युरीङ(Alan methison
turing)हुन । उनी इङल्यान्डका बैज्ञानिक थिए । उनले नै
अटाेमेटिक कम्प्युटिङ इन्जीन काे अविष्कार गर्न सहयाेग पुर्याए ।
पुरानो कम्प्युटर
विश्वको पहिले कम्प्युटर Z1अहिलेका नया युगका कम्प्युटर