ब्रान्डेड कम्प्युटर र अस्सेम्बल्ड कम्प्युटरको फरक
Branded computer vs Assembled
ब्रान्डेड कम्प्युटर : यस्तो कम्प्युटर जसमा कुनै कम्पनीले आफुले कम्प्युटरको पार्ट्स हरु छानेर तयार गरिएको हुन्छ । जसलाई सम्पूर्ण तरिकाले परिछण र जांच गरेर बजारमा लगेर बेच्ने गरिन्छ । त्यो कम्प्युटर लाई ब्रान्डेड कम्प्युटर भनिन्छ ।
ब्रान्डेड कम्प्युटरको बिसेश्ताहरु
१. कम्प्युटरको configuration निर्माता कम्पनी द्वारा नै निर्धारण गरिएको हुन्छ ।
२. कम्प्युटरलाइ सबै प्रकार को परिछण द्वारा जांच गरिएको हुन्छ ।
३. निर्माता कम्पनीले कम्प्युटरको वार्रन्टी १ -२ वर्ष सम्म दिने गर्दछ ।
४. कम्प्युटरमा समस्या भएमा कम्पनी स्वयं ले सेवा प्रदान गर्दछ ।
५. ब्रान्डेड कम्प्युटरको मूल्य कम्पनीले नै निर्धारण गरेको हुन्छ ।
अस्सेम्बल्ड कम्प्युटर : कुनै पनि व्यक्ति बिशेस द्वारा तयार गरिएको कम्प्युटर लाइ अस्सेम्बल्ड कम्प्युटर भनिन्छ ।अस्सेम्बल्ड कम्प्युटर जसले पनि बनाउन सक्छ । तर कम्प्युटर हार्डवेअर सम्बन्धि आधारभूत जानकारी हुनुपर्छ । यो कम्प्युटरमा प्रयोगकर्ताले आफुले चाहे जस्तो जुनसुकै कम्पनीको पार्ट्सहरु लगाउन सकिन्छ ।
अस्सेम्बल्ड कम्प्युटर को बिसेश्ताहरु
१. यो कम्प्युटरको configuration प्रयोगकर्ताको लाइ चाहिए आनुसार लगाउन सकिन्छ ।
२. यो कम्प्युटरलाइ कुनै पनि परिछण द्वारा जांच गरिदैन यो तुरन्त तयार गर्न सकिन्छ ।
३. यो कम्प्युटरको हरेक पार्ट्सको वार्रन्टी अलग अलग हुने गर्दछ ।
४. यो कम्प्युटरमा समस्या भएमा निर्धारित सर्विस सेन्टरमा जानुपर्छ ।
५. ब्रान्डेड कम्प्युटरको तुलनामा अस्सेम्बल्ड कम्प्युटरको मूल्य धेरै सस्तो हुन्छ ।